म स्वतन्त्र व्यवसायी हुँ । स्वतन्त्र हिसाबले आफुले चाहेकाे समयमा आफ्नो व्यवसायमा आफ्नो इच्छा अनुसार कामहरु गर्ने गर्छु । पछिल्लो समयमा इन्टरनेटको उपयोग गरेर घरमै बसेर पनि धेरै कामहरु गर्न सुरु गरेको छु । अहिले इन्टरनेटमा विशेष गरी सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, युट्यूब तथा इमेलहरुको सहि सदुपयोगले मेरो निजी व्यवसायमा पनि धेरै फाइदाहरु बटुल्न सकेको छु । पछिल्लो समयमा मैले एक अमेरिकन कम्पनीको सफ्टवेयर प्रडक्टको अनलाइन बजारिकरण सम्बन्धि काम गरिरहेको छु ।
यस प्रश्नहरुमा म निकै लामो समय गुज्रिरहेको थिए । धेरै पटक यो बिषयमा सुने पनि यसको ठोस कुराहरु मैले बुझिरहेको थिइन । त्यसकारण केहि समय मौन रहेँ। फेसबुकबाटै डिजिटल मार्केटिङको कोर्ष र यसको अवसरको बिषयमा मैले एकदिन बिज्ञापन देखिसकेपछि मैले यो क्षेत्रमा आवद्ध भएर केहि समयदेखि काम गर्दै आइरहेकाे छु । साथै अनलाइन सम्बन्धि काम गर्न चाहानेहरूलाई तालिम पनि दिदै आइरहेको छु ।